दफा २७
विद्युतीय रजिष्टर राख्नु पर्ने
: (१) सुरक्षित सदस्य संस्थाले विद्युतीय रजिष्टरको आधारमा तथ्याङ्क (डाटाबेस) स्थापना गरी निक्षेप र निक्षेपकर्ताको पहिचान, निक्षेपको प्रकार, प्रति निक्षेपकर्ताको सुरक्षण गरिने निक्षेप जस्ता तथ्याङ्कहरू तत्काल हेर्न सक्ने गरी अभिलेख राख्नु पर्नेछ ।
(२) विद्युतीय रजिष्टर सञ्चालन सम्बन्धी व्यवस्था कोषले तोके बमोजिम हुनेछ ।
(३) निक्षेपकर्ताको पहिचान गर्न तथा प्रति निक्षेपकर्ता सुरक्षणमा रहेको निक्षेप रकम यकिन गर्नका लागि कोषले सुरक्षित सदस्य संस्थाबाट प्राप्त हुने तथ्याङ्कलाई निक्षेपकर्तालाई शोधभर्ना गर्न सहयोगी हुने गरी केन्द्रिकृत एवं स्वचालित रुपमा विद्युतीय प्रणालीको आधारमा तथ्याङ्क (डाटाबेस) तयार गरी राख्नु पर्नेछ ।
(४) सुरक्षित निक्षेपकर्ता र सुरक्षित सदस्य संस्थाले कोषको विद्युतीय प्रणालीको आधारमा तयार गरिएको तथ्याङ्क (डाटाबेस) मा रहेको तथ्याङ्क र सूचना प्राप्त गर्न सक्नेछन् ।
(५) कोषले प्रचलित कानूनको अधीनमा रही सुरक्षित निक्षेपकर्ताको व्यक्तिगत तथ्याङ्कको गोपनीयता कायम रहने गरी आफ्नो विद्युतीय प्रणालीको आधारमा तथ्याङ्क (डाटाबेस) तयार गरी राख्नेछ ।